बैशाख १५ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ। दिल्लीमा हुने खेलमा चेन्नई सुपर किङ्स र सनराइजर्सबीच प्रतिस्पर्धा हुनेछ।
चेन्नई र हैदरावादबीचको खेल साँझ पौने ८ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
चेन्नई आज हैदरावादलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ। चेन्नई ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। हैदरावाद भने दोस्रो जित निकाल्ने योजनामा हुनेछ। हैदरावाद ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ।
दुई टिमबीचको पछिल्लो पाँच खेलमा चेन्नई बलियो देखिएको छ। चेन्नईले ३ खेल जित्दा हैदरावादले एक खेल जितेको छ। एजेन्सी
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








