बैशाख १३ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























