बैशाख १२ । नेपाल प्रहरीले उज्यालो नेटवर्क अनलाइनका दुई पत्रकारलाई कार्यालयबाटै पक्राउ गरेको छ। आइतबार दिउँसो अनिस भन्ने श्यामबहादुर तामाङ र प्रभात भन्ने दुर्गालाल तामाङलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।
उक्त अनलाइनले केहीदिन पहिले भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच ४ बुँदे सहमति भएको भन्दै समाचार प्रकाशन गरेको थियो।
तर गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ। तर प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।
Facebook Comments


























