चितवन, बैशाख १० । थारु भाषाको ‘तुही हो तुही’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर बिहीबार सार्वजनिक गरिएको उक्त गीतमा नरेश जोगी तथा अन्नु चौधरीको स्वर छ भने नरेश जोगी कै संगीत र गणेश चौधरीको एरेन्ज रहेको छ।
गीतको भिडियोमा उत्सव दाहालको क्यामेरा, चन्द्र चौधरीको मिक्सिङ र मिलन बिश्वकर्माको सम्पादन तथा कलर रहेको छ। गीतमा रंगकर्मी प्रदीप कुमार चौधरी र रियाशा दाहालको अभिनय देख्न सकिन्छ। देवदत्त क्रियसनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई सर्लाही जिल्लाको हरिपुर, सिसवा क्षेत्रको विभिन्न थारु बस्तीमा छायाँकन गरिएको हो।
https://www.youtube.com/watch?v=wwdlUCFt4R8
Facebook Comments


























