मुम्बई, बैशाख ९ । अभिनेता सलमान खानको बहुप्रतिक्षित फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलर सार्वजनिक भएको छ। यसै वर्षको इदको मौका पारेर फिल्म मे १३ मा थिएटर र डिजिटल प्लेटर्फममा एकसाथ रिलिज हुँदैछ।
दैनिक जागरणमा प्रकाशित समाचारअनुसार सलमानले बुधबार आफ्नो ट्वीटर हेण्डलमा फिल्म इदमा रिलिज हुने जनाउदै ट्रेलर बिहीबार सार्वजनिक हुने उल्लेख गरेका थिए।
सलमानका अघिल्ला फिल्म झैं ‘राधे’ पनि एक्सन थ्रिलर फिल्म हो। जसमा उनी पुलिस अफिसरको भूमिकामा छन्। ट्रेलरमा सलमानलाई सन् २००९ को उनको सफल फिल्म ‘वान्टेड’ लुक्समा देखाइएको छ। प्रभु देवा निर्देशित फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा र ज्याकी श्राफ प्रमुख भूमिकामा छन्।
Facebook Comments


























