बैशाख ८ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपाल क्रिकेट संघले नेपाल र भारतको उत्तराखण्डबीच हुने मैत्रीपूर्ण महिला क्रिकेट स्थगित गरेको छ। नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले प्रेस विज्ञप्ति जारी गर्दै क्रिकेट स्थगित भएको जानकारी दिए।
कोरोनाका कारण भारतको उत्तराखण्ड महिला क्रिकेट टीम प्रतियोगितामा सहभागी हुन आउन नसक्ने जानकारी प्राप्त भएपछि प्रतियोगिता स्थगित गरिएको हो।
Facebook Comments


























