बैशाख ७ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य सोमबारको तुलनामा ३०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजाबी सुन आज ९० हजार २०० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। चाँदीको मूल्य आज स्थिर छ। आज चाँदी प्रतितोला १३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























