काठमाडौं, बैशाख ३ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।
अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ। युरोपियन यूरो १ को खरिददर १४३ रुपैयाँ ११ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा कायम भएको छ।
यूके पाउण्ड स्टलिङ १ को खरिददर १६४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा कायम भएको छ। अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ। क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १७ पैसा रहेको छ।
सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहेको छ। जापानिज एन १० को खरिददर १० रुपैयाँ ९९ पैसा बिक्रीदर ११ रुपैयाँ ४ पैसा कायम भएको छ।
साउदी अरेबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४ पैसा कायम भएको छ। कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर ३३ रुपैयाँ १ पैसा छ।

























