बैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र विकासमा योगदान दिएबापत नयाँवर्षको अवसरमा बुधबार विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभूषणले सुशोधन गरेकी छिन्।
अभिनेता विल्सनविक्रम राईले राष्ट्रपतिको हातबाट कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभुषण ग्रहण गरे। विक्रम संवत २०७७ सालको विभूषणलाई राष्ट्रपतिले बैशाख १ गते प्रदान गरेकी हुन्। विभूषण प्राप्त गरेपछि नेपालप्रेससँग कुरा गर्दै राईले आफ्नो योगदानलाई राष्ट्रले सम्झेकोमा खुशि व्यक्त गरे।
Facebook Comments


























