कैलाली, चैत्र २९ । कैलालीको कर्णाली पुलबाट टिकटक बनाउन हाम फाल्दा १ जना बेपत्ता भएका छन्। शनिबार ३ जनाले नदिमा हाम फालेका थिए।
ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनीसँगै नदीमा हाम फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो।
प्याकुरेल घाइते भएका छन्। उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत हुन्।
टिकटक बनाउन भन्दै नदिमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए। बेपत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ।
Facebook Comments


























