चैत्र २९ । इन्डोनेसियामा ६ म्याग्नेच्यूडको भूकम्प जाँदा ७ जनाको मृत्यु भएको छ। जाभा द्वीप केन्द्र बिन्दु भई गएको भुकम्पका कारण सयौ घरमा क्षति पुगेको छ। अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जाभा द्धीपको जमिनको सतहबाट करिब ८२ किलोमिटर गहिराइमा थियो।
रातको समयमा गएको भुकम्पका कारण भागदौड मच्चिंदा कयौं घाइते भएका छन । भूकम्पका कराण घरबारबिहीन बनेकाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। यसैबीच भूकम्प पछि आउनसक्ने पराकम्पनबाट थप क्षति हुन नदिन पूर्वी जाभाका धेरै गाउँहरू खाली गरिएको अधिकारीहरुले जनाएका छन्। एजेन्सी
Facebook Comments


























