चैत्र २९ । म्यान्मारको बागो शहरमा सेनाले ८० भन्दा धेरै प्रदर्शनकारीको हत्या गरेको अभियन्ताहरुले जनाएका छन्। शुक्रबार सेनाले यहाँ प्रदर्शनकारीमाथि गोली चलाएको हो।
सेनाले मृतकको शवलाई आफैं लिएर गएकाले मृत्यु हुनेको यकिन संख्या खुल्न सकेको छैन। हिंसा चर्किएपछि यस शहरबाट ठूलो जनसंख्या अन्यत्र सरेको छ।
प्रत्यक्षदर्शीहरुका अनुसार सेनाले ठूला हतियारहरु प्रयोग गरेका थिए, उनीहरुले प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाए। फेब्रअरीमा सैनिक कु भएयता म्यान्मारमा जननिर्वाचित सरकार पुनस्र्थापित हुनुपर्ने मागसहित आन्दोलन जारी छ। यस प्रदर्शनका क्रममा ६ सयभन्दा धेैरे मारिएका छन्।
पर्यवेक्षक संस्था राजनीतिक बन्दी सहयोग संघ (एएपीपी) का अनुसार मारिनेको संख्या योभन्दा धेरै हुनसक्छ। म्यान्मार नाउ न्युजले सेनाको यस बर्बरता जातिय नरसंहारजस्तै रहेको टिप्पणी गरेको छ। सैनिकहरुले छायाँ देखिएका हरेक ठाउँमा गोली चलाएको उसको टिप्पणी छ। एजेन्सी


























