चितवन, चैत्र २८ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ नमुनाको पीसीआर परीक्षण गर्दा ३ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो। यसअघि हिजो ४ हजार ७१ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको छ। बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन्। नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ। यस्तै, कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ रहेको छ।
Facebook Comments


























