चैत्र २७ । नेपाल सरकारले जापानमा पनि नेपाली पर्यटनको विकाश एवम् प्रवद्र्धनका लागि पर्यटन दूत नियुक्त गरेको छ। पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरर्गतको नेपाल पर्यटन बोर्डले आज (शुक्रवार) राजनकुमार पौडेललाई पर्यटन दुतमा नियुक्त गरेको हो। स्याङ्जामा जन्मनुभएका पौडेलले विद्यावारिधि गर्दै छन्।
कामकै सिलसिलामा जाइकाको आउटसोर्सिङ कम्पनिहरुको बिबिध प्रोजेक्टहरुमा पनि उनले प्रोजेक्ट को–अर्डिनेटरका रुपमा संसारका बिभिन्न देशहरुमा काम गरिसकेकाछन्। कुनै समय रेडियो प्रस्तोता, टेलिभिजनका कार्यक्रम संचालक समेत थिए।
जापान सरकारको अध्यागमन बिभाग, प्रहरी प्रशासन, परराष्ट्र, रक्षा, सँस्कृती तथा पर्यटन मन्त्रालयका बिबिध परियोजनाहरुमा समेत काम गरेको उनको अनुभब छ।
दूतको मुख्य काम जापनमा नेपाली पर्यटनको विकास र विस्तारका लागि पहल गर्ने हो। उनको कार्यअवधि दुई वर्षको रहने छ। यसअघि नेपाल सरकारले अमेरिका, यूरोपमा समेत पर्यटन दुत नियुक्त गरेको थियो।


























