चितवन, चैत्र २७ । नेपालमा थप २८८ जना कोरोना भाइरस (कोभिड—१९) संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ७१ वटा पीसीआर परीक्षण गर्दा २८८ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो समेत गरी नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ।
आज १२७ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ७३५ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमितको मृत्यु शून्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०३८ पुगेको छ।
Facebook Comments


























