काठमाडौं, चैत्र २७ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
त्यसैगरि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा रहेको छ।
अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९४ पैसा र बिक्री ९१ रुपैयाँ ४० पैसा रहेको छ। जापानिज एन १० को खरिददर १० रुपैयाँ ८७ पैसा र बिक्रीदर १० रुपैयाँ ९३ पैसा छ।
चिनियाँ यूयान १ को खरिददर १८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


























