चितवन, चैत्र २६ । चितवनको खैरहनी नगरपालिका-१ ज्यामिरेचोकस्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
ना ८ ख ५८७५ नम्बरको टिपरले ना ५१ प ९६०३ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका-१ बस्ने ५५ वर्षीय दिल कुमार थापा मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Facebook Comments


























