काठमाडौं, चैत्र २६ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का ३३२ संक्रमित थपिएका छन्। चार हजार ६ वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा ३३२ जनाको नतिजा पोजिटिभ आएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार १०० पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७९ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ६०८ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन। हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३८ जनाले ज्यान गुमाइसकेका छन्।
हाल क्वारेन्टिनमा ७७ जना छन् भने आइसोलेसनमा दुई हजार ४५४ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comments


























