चैत्र २४ । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो।
२९ खेलबाट ६५ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ भने एक अंक बढी रहेको एथ्लेटिको म्याड्रिडको ६६ अंक छ। यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ६३ अंक छ।
बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले ९०औँ मिनेमा गरेको गोल नै निर्णायक भयो। पराजित भालाडोलिड २७ अंकसहित १६औँ स्थानमा छ।
Facebook Comments


























