चैत्र २० । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ठुला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने भएका छन्। आईसीसीको बोर्ड बैठकले आउने ठुला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको छ।
कोरोना भाईरसलाई मध्येनजर गर्दै आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो। यस अघि एक टिममा १५ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो। आईसीसीको अनुमतिसँगै अब आईसीसीको प्रतियोगितामा ३० सदस्सीय टिम हुनेछ। जसमा ८ स्टाफ हुनेछ।
आईसीसीले गत वर्ष २३ सदस्सीय टिमलाई अनुमति दिएको थियो। यस्तै आईसीसीले सदस्यता राष्ट्रका लागि ५ मिलियन अमेरिकी डलरको कोष समेत स्थापना गरेको छ। एजेन्सी
Facebook Comments


























