चितवन, चैत्र १९ । पत्रकार महासंघ चितवनको आगामी चैत २५ गते हुने निर्वाचनमा प्रेस चौतारी नेपाल चितवन र जनपत्रकार संगठनका बीचमा मिलेर जाने सहमति भएको छ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित र जनपत्रकार संगठन चितवनका संयोजक सूर्य बरालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी र प्रगतिशील पत्रकारहरूका बीचमा गठबन्धन गरेर जाने सहमति भएको उल्लेख गरिएको छ। चितवनको पत्रकारिता क्षेत्रको संस्थागत विकास, श्रमजीवी पत्रकारहरूको पक्षमा एकजुट भएर जाने सहमतिमा उल्लेख छ।
दुई संगठनद्वारा जारी विज्ञप्तिमा पत्रकार महासंघको आगामी नेतृत्व आम सहमतिका साथ सम्पन्न गर्न पत्रकारिता क्षेत्रसँग सम्वन्धित विभिन्न पेशागत संघसंगठनलाई अपिल गरिएको छ।
Facebook Comments


























