हेटौंडा, चैत्र १८ । मकवानपुरको तीनताप्केमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका – ३ तीनताप्केस्थित पुर्व–पश्चिम लोकमार्ग सडक खण्डबाट आगुऔषध नाइट्रोभेट ट्याब्लेटसहित दुई जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा हेटौंडाका १८ वर्षीय सुशिल बर्तौला र मोरङ विराटनगरका (४ का २१ वर्षीय रविन कार्की छन्। उनीहरुलाई लागूऔषध नाइट्रोभेट ६० ट्याब्लेटसहित मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। उनीहरु लागुऔषध प्रयोगकर्ता समेत रहेको प्रहरीको भनाई छ।
Facebook Comments


























