चैत्र १७ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसीको आज जन्मदिन परेको छ। नेपाली विकिपिडिया अनुसार मार्च ३० मा उनको जन्मदिन परेको छ। अभिनेता केसीले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछन्। जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यानहरुले शुभकामना दिइरहेका छन्।
अभिनेता भुवन केसीका छोरा समेत रहेका उनले फिल्म ‘होस्टेल’ बाट अभिनेताको रुपमा डेब्यू गरेका थिए। उनको पहिलो फिल्म नै दर्शकले निकै रुचाएका थिए।
उनले हालसम्म जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर ३, क्याप्टेन लगायतका फिल्म खेलिसकेका छन्। पछिल्लो समय महंगा अभिनेताको रुपमा समेत चिनिएका उनी अहिले फिल्म ए मेरो हजुर ४ मा व्यस्त छन्।
यस्तै उनी फिल्म पारसमा पनि देखिदैछन्। फिल्म खेल्नेक्रममा केही अभिनेत्रीसँग प्रेमसम्बन्ध रहेको चर्चा चलेपनि अहिले भने उनी आग्या करनजीतको प्रेममा रहेको चर्चा छ।


























