काठमाडौं, चैत्र १७ । नेपाली बजारमा आज सुनको भाउ घटेको छ। सुनको भाउ तोलामा रु ६ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु ८६ हजार कायम भएको छ। हिजो तोलामा रु ८६ हजार ५ सयमा कारोबार भइको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि तोलामा रु ८५ हजार ५ सय ५० कायम भएको छ।
यता चाँदी भने तोलामा रु १२१५ मा कारोबार भएको महासंघले जनाएको छ।
Facebook Comments


























