काठमाडौं, चैत्र १६ । सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ। शुक्रबार ८६ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ सोमबारका लागि ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।
सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको भाउ प्रतितोला ८६ हजार ५० रुपैयाँ तोकिएको छ। शुक्रबार तेजावी सुनको प्रतितोला भाउ ८५ हजार ८५० रुपैयाँ थियो।
यस्तै चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १२ सय २५ रुपैयाँ कायम भएको छ।
Facebook Comments


























