सिन्धुली, चैत्र १५ । सिन्धुलीको दुधौली नगरपालिका-३ स्थित कालिपानीमा जंंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका रमेश परियार रहेको प्रहरीले जनाएको छ। गएराति जंगली हात्तिले घर भत्काएर आक्रमण गर्दा परियारको मृत्यु भएको हो।
हात्ती बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका छन्।
Facebook Comments

























