चितवन, चैत्र ११ । लगातार दुई दिनसम्म कोरोना संक्रमितको संख्यामा बृद्धि भएकोमा बुधबार भने मंगलबारको तुलनामा संक्रमितको संख्या केही कम देखिएको छ। पछिल्लो २४ घण्टामा १ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो। मंगलबार १ सय ८८ जनामा संक्रमण पुष्टि भएको थियो। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।
भारतमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर देखिएसँगै नेपालमा पनि दोस्रो लहर शुरु हुने चिन्ता व्यक्त गरिएको छ। पछिल्लो २४ घण्टामा ९० जना संक्रमित निको भएका छन्। नेपालमा हालसम्म २ लाख ७२ हजार १८७ जना निको भएका छन्। यही अवधिमा १ जनाले ज्यान गुमाएका छन्। हालसम्म नेपालमा कोभिड–१९ बाट ३ हजार २० जनाले ज्यान गुमाइसकेका छन्।
Facebook Comments


























