चैत्र ११ । घरेलु टिम न्युजिल्याण्डले बंगलादेशविरुद्धको टी-ट्वान्टी सिरिजका लागि टिमको घोषणा गरेको छ। न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा १३ सदस्सीय टिमको घोषणा गरेको हो।
न्युजिल्याण्डको टिममा केन विलियम्सन छैनन्। चोटका कारण विलियम्सन टिम बाहिर रहेका छन्। यस्तै युवा खेलाडी फिन एलेनले पहिलो पटक टिममा स्थान बनाएका छन्।
लक्की फर्गुसन र एडम मिल्ने चोटमुक्त हुँदै टिममा फर्किएका छन्। न्युजिल्याण्ड र बंगलादेशबीच ३ खेलको टी-ट्वान्टी सिरिज हुनेछ। पहिलो खेल मार्च २८ मा हुनेछ। न्युजिल्याण्डले तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितिसकेको छ। एजेन्सी
Facebook Comments


























