चैत्र ९ । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे। एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे। सोसिडाडका एण्डरले रक गोल फर्काए।
यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन्। मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन्।
मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन्। जितसँगै बार्सिलोना २८ खेलमा ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सोसिडाड ४५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments


























