धनगढी, चैत्र ८ । डडेल्धुरामा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका(५ ठाँटाका २९ वर्षीय श्याम साउदले २८ वर्षीय श्रीमती मनिषा साउदको हत्या गरेको आरोप लागेको हो।
डडेल्धुराका प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार श्यामले काठ चिर्पटले हिर्काएर मनिषाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए। ‘शनिबार दिउँसो ३ बजे साउँदले श्रीमतीको हत्या गरेर स्थानीय प्रहरी चौकीमा ७ बजे आँफैले फोन गरेका थिए,’ चन्दले भने, ‘श्रीमतीको हत्या आरोपमा साउँदलाई शनिबार राति नै पक्राउ गरिएको छ।’
श्रीमान् श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए। प्रहरी समक्ष श्यामले आफैं हत्या गरेको स्वीकार गरेका छन्। मृतक मनिषाका एक छोरा र एक छोरी छन्। मृतक मनिषाको शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा राखिएको छ।

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








