चैत्र ८ । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा एभर्टनलाई २-० गोल अन्तरले पराजित गर्दै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको हो।
एभर्टनको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान र केभिन डी ब्रुएनले एक एक गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम पाँच मिनेट भित्र सिटीले दुई गोल गरेको थियो।
खेलको ८४ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए। सिटी लगातार तेस्रो सिजन एफए कपको सेमिफाइनलमा पुगेको हो।
साउथह्याम्पटन पनि सेमिफाइनलमा प्रवेश गरेको छ। बर्नेमाउथलाई ३-० ले हराएर साउथह्याम्पटनले अन्तिम चारको यात्रा तय गरेको हो। एजेन्सी
Facebook Comments


























