चितवन, चैत्र ६ । चितवनमा ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।
आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१ क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना ४८ प ८७३१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा युवतीको ज्यान गएको प्रहरीले जनाएको छ।
ट्रकको ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
Facebook Comments


























