चितवन, चैत्र ६ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट १२५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२३ जना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ।
देशभरी आज १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। आज नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ।
Facebook Comments


























