चैत्र ६ । भारतले इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ। भारतले विराट कोहलीको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो।
भारतीय टिमको उपकप्तानमा रोहित शर्मा रहेका छन्। टिममा शिखर धवन, शुबमन गिल, श्रेयस एयर, सूर्यकुमार यादव, हार्दिक पाण्डय, ऋषव पन्त,केएल राहुल, युजभेन्द्र चहल, कुलदिप यादव र कुर्नाल पाण्डय छन्।
यस्तै वासिङ्गटन सुन्दर, टी नटराजन, भुवनेश्वर कुमार,मोहमद सिराज,प्रशिद्द कृष्ण र शार्दुल ठाकुर रहेका छन्। भारत र इंग्ल्यान्डबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ। दुई टिमबीच हाल टी-ट्वान्टी सिरिज भईरहेको छ। पाँचको टी-ट्वान्टी सिरिज २-२ को अवस्थामा रहेको छ। एजेन्सी
Facebook Comments


























