काठमाडौं, चैत ६ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ।
उनले खातामा रकम नभएको चेक दिएपछि वृत्त कमलपोखरीमा उनीविरुद्ध जाहेरी परेको थियो। उनीविरुद्ध १९ माघमा उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो।
उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेले दुगड र सरिता प्रधानविरुद्ध पक्राउ पूर्जी जारी गरेकी थिइन्। परिसरका एसपी रमेश बस्नेतले दुगडलाई उनको ताहाचलस्थित घरबाट कालिमाटी वृत्तले पक्राउ गरेर कमलपोखरीमा बुझाएको बताए। पाँच लाख ३७ हजार बिगो बराबरको कसूरमा प्रहरीले उनको खोजी गरिरहेको थियो।
Facebook Comments


























