बैतडी, चैत्र ६ । बैतडीमा जनप्रतिनिधि नै एक महिलासंग शंकास्पद रुपमा भेटिएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद अवस्थामा भेटिएका छन्।
शंकास्पद अवस्थामा भेटिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
उनीहरू दुवै जनालाई बिहीबार राति ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको अधिकारीले बताए। वडाअध्यक्ष महराकी श्रीमती बिमलाले आफ्नो श्रीमान् अर्कै महिलासँग होटेलमा बसेको सूचना पाएपछि प्रहरीलाई खबर गरेकी थिइन्।
प्रहरी नायव उपरीक्षक अधिकारीले दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएको बताए। वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए।
Facebook Comments


























