चितवन । राष्ट्रवादी बिचारसहित पत्रकारिता क्षेत्रमा लागेका पत्रकारहरुको समूहले लामो समयसम्म निस्कृय रहेको मिडिया नेपाल चितवनको नयाँ कार्यसमिति गठन गरेको छ। बिहीबार पत्रकार समीक्षा पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। बागमती प्रदेश सभा सदस्य रीना गुरुङको उपस्थितिमा नारायणगढमा बसेको भेलाले नयाँ कार्यसमितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल र कोषाध्यक्षमा सविता महतोलाई चयन गरेको हो।
कार्यसमिति सदस्यहरुमा भने अनिशा थापा, आभाष राना, टेकलाल भुषाल, सुरज किरण, विनिता श्रेष्ठ, करिश्मा गुरुङ, दीपेन्द्र बर्तौला, प्रकाश भट्टराई, किरण रानामगर, अनिशा खनाल र शर्मिला विकलाई चयन गरिएको छ भने दीपक पाैडेललाई सल्लाहाकारमा चयन गरिएकाे छ।
Facebook Comments


























