चितवन, चैत्र ५ । पछिल्लो २४ घण्टामा कोभिड–१९ का १०७ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनाको नतिजा पोजेटिभ आएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन्। योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ। कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ। हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comments


























