चितवन, चैत्र ४ । माडी-८ अयोध्यापूरीमा अटो दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएका छन्।
बसन्तपुरबाट कान्तिपुर जाँदै गरेको ना २ ह ५८८६ नम्बरको अटो अनियन्त्रित भई माडी-८ को वडा कार्यालय नजिकै पल्टेको थियो। दुर्घटनामा परी अटो चालक बम बहादुर गुरुङ्को हात खुट्टामा चोट लागेको छ भने सवार २ जना नीरबाहादुर परियार गम्भीर चोट खुट्टामा लागेको छ। दान बाहादुर दमैको हात र चोट लागेको छ।
घाइतेहरुलाई बघौडा अस्पतालमा उपचारका लागि ल्याइएको छ।
Facebook Comments


























