झापा, चैत्र ४ । झापाको मेचीनगर नगरपालिका १२, कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३२ वर्षीय सुनील विक, ३० वर्षीय टार्जन अछामी, २१ वर्षीय सुवास दर्जी र सोही नगरपालिका ५ का २१ वर्षीय महेश सार्की छन्।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले गोरू काटिरहेको अवस्थामा एकथान दाउ, एकथान बन्चरो र दुईथान चक्कुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
Facebook Comments


























