चितवन, चैत्र ४ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि चैत २५ गते निर्वाचन हुने भएको छ। महासंघका सचिव रामप्रसाद दाहालले २५ चैतमा नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने मिति तोकिएको जानकारी दिए।
निर्वाचनबाट शाखा, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ। महासंघको नेतृत्वका लागि प्यानल बनाउन दलनिकट पत्रकारका संस्थाहरूले सहकार्य गरेका छन्।
Facebook Comments

























