चैत्र ३ । बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जालबाट आफू बिदा भएको बताएका छन्। १४ मार्चमा आफ्नो जन्मदिन मनाएका अभिनेताले आफ्ना प्रसंशक, शुभचिन्तकहरुका लागि सुन्दर सन्देश छोड्दै यही नै सामाजिक सञ्जालमा आफ्नो अन्तिम उपस्थिती भएको जनाएका छन्। उनले सबैलाई धन्यवाद दिएका छन्।
उनले लेखेका थिए, ‘मेरो जन्मदिनमा माया र न्यानोपन दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो हृदय मायाले भरिएको छ। अर्को समाचार के हो भने सामाजिक सञ्जालमा यो मेरो अन्तिम पोस्ट हुँदैछ। म धेरै नै सक्रिय थिए, मैले निर्णय गरेको छु अब यो देखावटी बन्द गर्ने निर्णय गरेको छु। हामी पहिला जसरी सम्पर्कमा रहने नै छौँ।’
उनले आफ्नो आधिकारिक च्यानल आमिर खान प्रडक्शनबाट प्रशंसकहरुसमक्ष सम्पर्कमा रहने बताएका छन्। आमिर खानको सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ थिए। इन्स्टाग्राममा ३६ लाख फलोअर भएर आमिरको ट्वीटरमा २ करोड ६७ लाख फलोअर रहेका छन्। यस्तै उनको फेसबुक फेजमा १ करोड ८० लाख लाइक रहेको छ।
उनले आफ्ना सबै एकाउन्टमा एउटै पोस्ट राखेका छन्। उनको यो निर्णयप्रति फ्यान खुसी छैनन। फ्यानले उनलाई नजानको लागि आग्रह गरेका छन्।सामाजिक सञ्जालबाट सँधैको लागि बिदा लिने यी कलाकार मात्र पहिलो हैनन, यसभन्दा अगाडि सोनाक्षी सिन्हाले ट्वीटर सँधैको लागि बन्द गरेको घोषणा गरेकी थिइन्। कलाकार सकिव सलिम, चलचित्र निर्माता ससांक खैतानले पनि ट्वीटर बन्द गरेका छन्।


























