चितवन, चैत २ । पछिल्लो २४ घण्टामा देशभर थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७५ हजार ३१० पुगेको छ।
कूल संक्रमितमध्ये २ लाख ७१ हजार ४०१ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा ७५ संक्रमित निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ८९५ रहेको मन्त्रालयले जनाएको छ।
सोमवारको विवरण अनुसार कोरोनाले थप कसैको पनि मृत्यु भएन। हालसम्म कोरोनाले ३ हजार १४ जनाको मृत्यु भएको छ।
Facebook Comments


























