चितवन, फागुन २८ । रत्ननगर नगरपालिका -१६ खैरेटी बस्ने ३८ वर्षीय राम बहादुरको बंगुरको खोरमा कौडा खेलिरहेको अवस्थामा राम बहादुर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नम्बर १६ का ३८ वर्षिय राम वहादुर मगर, ५४ वर्षिय हरी मगर र भरतपुर महानगरपालिका वडा नम्बर १८ का ४१ वर्षिय शालिकराम रेग्मी रहेका छन्।
उक्त खोरमा लुकिछिपी कौडा खेलिरहेको भन्ने उजुरी पछि प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए।
Facebook Comments


























