फागुन २८ । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको बाँकी खेलहरु जुनबाट सुरु हुने भएको छ। पाकिस्तान क्रिकेट बोर्डले सहभागि टिमसँगको छलफलपछि प्रतियोगिताको बाँकी खेल जुनबाट सुरु गर्ने निर्णय गरेको हो।
कोरोना भाईरसको कारण प्रतियोगिता दुई साता अघि स्थगित गरिएको थियो। खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको थियो।
सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको थियो। यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए।
सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो। लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो। तर, सन्दीप एक खेल पनि नखेली नेपाल फर्किएका थिए। एजेन्सी
Facebook Comments


























