बागलुङ, फागुन २७ । बागलुङको तमानखोला गाउँपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्। मृतकको परिचय खुलेको छैन। बिहीबार दिउँसो पालिका मुकाम बोंगादोभानबाट महभीर गाउँका लागि हिँडेको ग १ ज ५७०५ नम्बरको पिकअप भ्यान महभीर नजिकैको भीरबाट खसेको हो।
चालक सहित छ जना सवार भ्यान सडकबाट आन्दाजी दुई सय मिटर तल खसेको छ। घाइतेमध्ये तीन जनालाई प्रभुको हेलिकप्टरमार्फत गण्डकी अस्पताल पोखरा पठाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए।
बाँकी दुई जनालाई पनि दोस्रो पटक हेलिकप्टर बोलाएर अस्पताल पठाउने तयारी भइरहेको उनले बताए। साँघुरो सडकबाट भ्यान खसेको उनले बताए।
Facebook Comments


























