बर्दिया, फागुन २६ । बर्दियामा बाघको आक्रमणबाट फेरि एक जना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार मधुवन नगरपालिका(३ स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा घाँस काट्न गएकी रेनुका सुनार मृत्यु भएको हो।
सशस्त्र प्रहरी बल बीओपी भगरैयाका सशस्त्र प्रहरी निरीक्षक अस्मिन मगरका अनुसार नेपाल(भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा ज्यान गएको हो। सुनारसहित ६ जना घाँस काट्न जंगलमा पुगेका थिए। उनको शव दशगजामा फेला परेको छ।
Facebook Comments


























