काठमाडौं, फागुन २६ । बुधबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ सामान्य अंकले ओरालो लागेको छ।
आज नेप्से परिसुचक ३ बजेसम्म आउँदा ३.४० अंकले ओरालो लागेको हो। परिसुचक ०.१४ प्रतिशतले ओरालो लागेसंगै २४५८.४८ को बिन्दुमा पुगि आजलाई कारोबार बन्द भएको हो।
बुधबार सेन्सेटिभ परिसुचक पनि अन्तिम समयसम्म आइपुग्दाँ सामान्य अंकले बढेको छ। सेन्सेटिभ ३ बजेसम्म आउँदा ०.०२ अंकले बढेर ४४५.२३ को बिन्दुमा पुगेको छ। कारोबारका १३ उपसमुहमध्ये ७ उपसमुह बढेको छ भने बाँकी ६ उपसमुह ओरालो लागेका छन्।
अन्तिम समयसम्म कारोबारमा आएका २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटक खरिद बिक्री हुदाँ ४ अर्ब १० करोड ४ लाख रुपैंया बराबरको कारोबार भएको छ।
Facebook Comments


























