फागुन २५ । भारतको कोलकातामा रहेको एक भवनमा आगलागी हुँदा ९ जनाको जलेर मृत्यु भएको छ। भवनको १३औँ तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको एएनआइले जनाएको छ।
मृत्यु हुनेमा चार जना फायर फाइटर्स, १ जना प्रहरी, १ जना रेलवे प्रोटेक्सन फोर्सका जवान र एक जना रेल कर्मचारी छन्। दुई जनाको पहिचान हुन नसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। आगलागीको कारण खुल्न सकेको छैन। एजेन्सी
Facebook Comments


























