हेटौंडा, फागुन २४ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। सोमबार बिहान ११ बजे हेटौंडा अस्पतालमा पुगेर मुख्यमन्त्री पौडेलले खोप लगाएका हुन्।
खोप लगाएपछि मुख्यमन्त्री पौडेलले सबैलाई सरकारले तोकेअनुसार खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। बागमती प्रदेशमा ५ सय ६ वटा खोप केन्द्रबाट दोस्रो चरणको खोप अभियान सुरु गरिएको छ।
दोस्रो चरणको पहिलो दिन आइतबार बागमती प्रदेशको ३१ हजार ४ सय १७ जनाले खोप लगाएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिए।
Facebook Comments


























